एमाले अध्यक्ष ओलीविरुद्ध झापा-५ बाट छवि सिटौलाको स्वतन्त्र उम्मेदवारी घोषणा
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे ।
‘दल र दलका नेताले सम्भावना बोकेका एजेण्डा जनतामाझ फालिसके । तर, काम केहि गरेनन् । त्यसैले अब एजेण्डा कम र काम बढी गर्नुपर्छ भनेर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने आँट गरेको हुँ’, रातोपाटीसँग सिटौलाले भने, ‘दुई महिना झापा ५ का मतदातासँगै बिताएँ । उनीहरू आफैँ पनि विकल्पको खोजीमा रहेको पाएँ । त्यसैले कसैको विरोध, केपी ओलीको विरोध भन्दा पनि युवाको उपस्थिति देशको आवश्यकता हो भनेर अघि बढेको हुँ।’
सिटौलाले दलका पुराना पुस्ताको नेतृत्वलाई परास्त गर्न देशका सबै वैकल्पिक र स्वतन्त्र युवा शक्ति एक हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध आप्रवासी बोकेर ग्वान्तानामो खाडी पुग्यो अमेरिकी सेनाको विमान, निर्वासितहरूलाई जेलमा राखिने
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
-
इरानलाई दबाब दिन ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर
-
आवासीय चिकित्सकहरूद्वारा इमर्जेन्सीबाहेकका सेवा बहिष्कारको घोषणा
-
वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक
-
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित