‘जनतालाई थर्काउन ‘एलटी’ आर्मी खोलियो’
नेकपा एकीकृतकी सांसद सांसद दिलकुमारीले रौतहट जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएर हाल सांसद पद गएका प्रभु साहले आइटी आर्मीका नाममा एलटी आर्मी खोलेर जनतालाई थर्काउने गरेको गुनासो गरेकी छन् । प्रतिनिधिसभामा छलफलका लागि पेश भएको मिडिया काउन्सिल विधेयकमाथि छलफलमा भाग लिँदै दिलकुमारीले मिडिया काउन्सिल विधेयक ठुला र साना सबैलाई समान न्याय दिनेगरी आउनुपर्ने बताइन् ।
‘मधेस प्रदेश रौतहट निर्वाचन क्षेत्र ३ का सांसद युवा र विकास प्रेमी भनेर धेरै चर्चामा आएको छ । तर विकास प्रेमी होइन उ भ्रष्टाचारप्रेमी हो’, उनले भनिन् ‘महाडनप्रेमी हो ।’ सांसद दिलकुमारीले माधव नेपाल र रामकुमारी झाक्रीलाई एकसय योजना हटाएकोमा धन्यवाद दिँदै यसले पूर्व शहरी विकास मन्त्रीलाई भने दुःख लागेको बताइन् । ‘उहाँले पद र स्वार्थका लागि आइटी आर्मी खोल्नुभएको छ । आइटी आर्मी होइन, एलटी आर्मी हो, लुटेरा आर्मी । त्यो थर्काउनका लागि खोलिएको हो’, उनले नाम उच्चारण नगरी प्रभु साह धेरै ठुलो भ्रष्टाचारी रहेको पनि बताइन् । ‘उ भन्दा भ्रष्टाचारी कोही छैन’, उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त