बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

साउन महिनामा भित्रियो ९२ लाख किलो स्याउ

शुक्रबार, १७ भदौ २०७९, १४ : ५४
शुक्रबार, १७ भदौ २०७९

चालू आर्थिक वर्षको साउन महिनामा विदेशबाट ९२ लाख किलोग्राम स्याउ भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को साउन महिनामा उक्त परिमाण बराबरको ६९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको स्याउ भित्रिएको हो ।

आयातकर्ताले उक्त मूल्य बराबरको स्याउ आयात गर्दा राज्यलाई १० करोड २ लाख रुपैयाँ बराबरको राजश्व बुझाएका छन् । यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको छ । विभागका अनुसार भारतबाट ४३ करोड ५० लाख बराबरको ६५ लाख कित्ता स्याउ भित्रिएको छ ।

यस्तै, चीनबाट २६ करोड ३७ लाख रुपैयाँ बराबरको २६ लाख ९२ हजार किलोग्राम स्याउ भित्रिएको छ । भारतबाट स्याउ आयात हुँदा राज्यकोषमा ६ करोड १२ लाख रुपैयाँ र चीनबाट आयात हुँदा राज्यकोषमा ३ करोड ८९ लाख रुपैयाँ राजश्व जम्मा भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप