एकीकृत समाजवादी बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस
![एकीकृत समाजवादी बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस](https://rpcdn.ratopati.com/media/albums/samajbadi-election_0XVyHfko3f.jpg)
अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएको छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका जिल्लास्तरीय प्रचार विभाग प्रमुख शालिकराम शर्माले जानकारी दिए । यस्तै बागलुङक्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वसंसद् तथा पार्टीका केन्द्रीय सदस्य शान्ति अधिकारीको नाम सर्वसम्मत सिफरिस गरिएको छ ।
क्षेत्र नम्बर २ कै प्रदेशसभा (क)बाट पार्टी केन्द्रीय परिषद् सदस्य कमल घिमिरे र (ख) बाट जिल्ला सचिवालय सदस्य हरि घर्तीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख शर्माले बताए । यस्तै क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य लिला शेरचन र पार्टी जिल्ला कमिटी उपाध्यक्ष केशर छन्त्याललाई सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते
-
सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव सम्पन्न
-
खेलकुद मन्त्री श्रेष्ठ र कोरियाकी उपमन्त्रीबिच भेटवार्ता
-
भारोत्तोलनमा सरितालाई स्वर्ण
-
सरकारसमक्ष कोरोनाकालका 'होल्डिङ सेन्टर' व्यवस्थापनसम्बन्धी प्रतिवेदन पेस
-
गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार