साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा, साढे ३ करोड बजेट

साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिता सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको र त्यस अन्तरगत प्रतियोगिता सञ्चालानार्थ आवश्यक उपसमितिहरु समेत गठन गरेर काम गरिएको जानकारी दिए ।
प्रतियोगिताका लागि ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट रहेको छ । जसमध्ये सहभागी टीमहरुको र म्याच अफिसियलहरुको खानपान र बसोबास खर्च साफले बेहोर्ने छ भने खेल मैदान तयारी र स्थानीय यातायात र अन्य खर्चहरु एन्फाले बेहोर्नेछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ । सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा खेल सञ्चालन हुने एन्फाले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह