साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा, साढे ३ करोड बजेट
साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिता सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको र त्यस अन्तरगत प्रतियोगिता सञ्चालानार्थ आवश्यक उपसमितिहरु समेत गठन गरेर काम गरिएको जानकारी दिए ।
प्रतियोगिताका लागि ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट रहेको छ । जसमध्ये सहभागी टीमहरुको र म्याच अफिसियलहरुको खानपान र बसोबास खर्च साफले बेहोर्ने छ भने खेल मैदान तयारी र स्थानीय यातायात र अन्य खर्चहरु एन्फाले बेहोर्नेछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ । सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा खेल सञ्चालन हुने एन्फाले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण