नेपालबाट साढे २ करोडको अचार निर्यात
शुक्रबार, १७ भदौ २०७९, १३ : ४५
नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा साढे २ करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।
विभागका अनुसार यस अवधिमा ४६ हजार २५ किलोग्राम अचार निर्यात भएको छ । विश्वका ४ वटा देशले नेपालमा उत्पादित अचार आयात गर्ने गरेका छन् । जसमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र इटाली रहेका छन् ।
अमेरिकामा सबैभन्दा धेरै १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ । यस्तै, इटालीमा ८७ लाख ३९ हजार रुपैयाँको, कोरियामा १४ लाख ४६ हजार रुपैयाँको र अष्ट्रेलियामा ९ लाख ७५ हजार रुपैयाँको अचार निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू