बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री

शुक्रबार, १७ भदौ २०७९, १३ : ०४
शुक्रबार, १७ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् । 

आज ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको पनि बताए । उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए । 

उनले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रीपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए।  विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने देउवाले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप