चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते
शुक्रबार, १७ भदौ २०७९, १२ : २१
![चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते](https://rpcdn.ratopati.com/media/albums/accident_wwoJveKHtA.jpg)
चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।
घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।
नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।