मन्त्री यादवद्वारा भ्लादिभोस्तोक भ्रमण रद्द
वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमबारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गरेका छन् । मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्वपूर्ण कार्य गर्न बाँकी रहेको उल्लेख गर्दै उनले बाघ सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भ्रमण रद्द गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्लादिभोस्तोकमा हुने ‘दोस्रो अन्तर्राष्ट्रिय बाघ बैठक’ को नेतृत्व मन्त्री यादवले गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले मन्त्री यादवसहित मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल र निकुञ्ज विभागका निवर्तमान महानिर्देशक रामचन्द्र कँडेलको भ्लादिभोस्तक भ्रमण स्वीकृत गरेको थियो ।
राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्लादिभोस्तकमा सक्रिय सहभागिता जनाउन वन तथा वातावरण मन्त्रालयलाई यसअघि नै निर्देशन दिएका थिए । बाघ सम्मेलनमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित बाघ संरक्षण तथा अनुसन्धानमा सहयोगी प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का