बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डलाई प्रश्न : बादलसँग प्रतिस्पर्धा हुन्छ ?

शुक्रबार, १७ भदौ २०७९, १० : ४७
शुक्रबार, १७ भदौ २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाटै नै चुनावी प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् । 

शुक्रबार प्रशिक्षणका लागि सुर्खेत आएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चितनवन–३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए । 

उसो भने एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग प्रतिस्पर्धा हुने भयो हैन त ? भन्ने पत्रकारको जिज्ञासामा उनले बादलसँग आफ्नो तुलनै हुन नसक्ने बताए । उनले भने, ‘ ह्या...! तुलना नै नहुने कुरा पत्रकार साथीहरुले नसोध्नुहोस् न ।’ 

साथै प्रचण्डले एमालेसँग तालमेल हुन असम्भव रहेको प्रष्ट पारे । उनले भने,‘ओलीले गरेका प्रतिगमनकारी कुराहरुको छिनोफानो नभएसम्म एमालेसँग तालमेलको कुरा असम्भव छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप