कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागेका छौँः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले चुनावपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागिपरेको बताएका छन् । कर्णालीमा माओवादीको जनाधार बलियो भएकाले पार्टीकै नेतृत्वको सरकार बनाउने गरी सिट बाँडफाँटको गृहकार्य भइरहेको उनको भनाइ छ ।
शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने,‘कर्णाली माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो । हामी यो पटक चाहन्छौं कि संघमा पनि प्रदेशमा दुबैमा सन्तुलित तरिकाको तालमेल होस् । हाम्रो कर्णालीको प्रभाव र जनमत अनुसार नै तालमेल हुने गरी अघि बढ्ने तयारी भइरहेको छ ।’
प्रचण्डले ०७४ मा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही रुपमा मिस गरेको बताए । ‘आगामी निर्वाचनमा त्यो मिस नहुनेगरि सन्तुलित तालमेल हुन्छ,’ उनले भने, ‘यसो भएको खण्डमा आउने दिनमा माओवादीको सरकार बनाउने स्थिति हुन्छ ।’
अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको पनि बताए । ‘सायद केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्दै छ,’उनले भने,‘ चुनावमा घोषणापत्र एउटै हुने तर्फ हाम्रो प्रयास भइरहेको छ । यद्यपि चुनाव चिन्ह भने आ–आफ्नै हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रस्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल