बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

क्यापिटल हिलमा हिंसा : पूर्व प्रहरी अधिकारीलाई १० वर्षको जेल सजाय

शुक्रबार, १७ भदौ २०७९, १० : ३७
शुक्रबार, १७ भदौ २०७९

जनवरी ६, २०२१ मा अमेरिकाको को क्यापिटल हिल भएको हिंसात्मक प्रदर्शनमा प्रहरी अधिकारीहरूमाथि आक्रमण गर्ने एक न्युयोर्क सहरका पूर्व प्रहरी अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

५६ वर्षीय थोमस वेब्सटरलाई गत मेमा विभिन्न आरोपहरूमा दोषी ठहर गरिएको थियो । जसमा प्रहरीमाथि दुर्व्यवहार र हिंसात्मक गतिविधिलगायत रहेका छन् । सो दिन भएको प्रदर्शनमा ८५० जनाभन्दा बढीविरुद्ध मुद्दा दायर गरिएको छ । सो घटनामा यति लामो सजाय सुनाइने वेब्सटर पहिलो व्यक्ति हुन् ।

वेब्सटरले आत्मरक्षाका लागि फलामको झण्डाले प्रहरीमाथि आक्रमण गरेको दलिल पेस गरेका थिए । न्युयोर्कको अदालतका न्यायाधीशले उनको सो तर्कलाई खारेज गरेका थिए ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप