सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल पाल्पा सडक अझै सुचारु हुन सकेन

शुक्रबार, १७ भदौ २०७९, ०८ : ४२
शुक्रबार, १७ भदौ २०७९

बिहीबार दिउँसोदेखि अवरुद्ध बुटवल पाल्पा सडक अझै  सुचारु  हुन सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाउने प्रयास जारी रहे पनि रातिदेखि परेको वर्षाले  काम गर्न समस्या हुँदा बाटो खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

 लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  सडक अवरुद्ध भएपछि गुल्मीबाट आउने सवारीका साधनहरूलाई अर्घाखाँचीका विभिन्न सडक हुँदै गन्तव्यमा जान भनिएको छ । स्याङ्जा पोखराबाट आएका सवारीहरूलाई मुग्लिन नारायणगढको सडक हुँदै जानका लागि आग्रह गरिएको छ ।

सडक खुलाउनका लागि  आज बिहानैदेखि प्रयास भइरहेको छ  तर पानी परिहरेको छ  कारणले अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । यो सडक हरेक वर्षामा पहिरोले यात्रुलाई सास्ती दिने गर्छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप