शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता गुरुङ महोत्तरी–१ बाट सिफारिस

शुक्रबार, १७ भदौ २०७९, ०६ : २०
शुक्रबार, १७ भदौ २०७९

नेपाली कांग्रेसका युवा नेता कल्याणकुमार गुरुङ महोत्तरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले उनको नाम पहिलो नम्बरमा जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो। कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य गुरुङसँगै अन्य ५ जनाको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ। उनी १४ औँ महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धामा उत्रिएका थिए। 

२०७४ को प्रतिनिधिसभामा महोत्तरी–१ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २३ हजार ७७६ मतले विजयी भएका थिए। तत्कालीन समयमा नेकपा एमालेसँगको चुनावी तालमेलका कांग्रेस तेस्रो भएको थियो। कांग्रेस उम्मेदवार सीताराम भण्डारी ९ हजार ४७५ मतका साथ तेस्रो हुँदा दोस्रो स्थानमा आएका तत्कालीन संघीय समाजवादी फोरम नेपालका लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरेका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार महोत्तरी–१ मा माओवादी १५ हजार ८८८ मतसहित पहिलो, कांग्रेस १३ हजार १४६ मतसहित दोस्रो, एमाले ८ हजार ३४ मतसहित तेस्रो देखिएको छ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले ७ हजार २३४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ७ हजार ६९, नेकपा एकीकृत समाजावदीले १ हजार ५०८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४७८ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप