गठबन्धन बैठक निष्कर्षविहीन
प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिहीबार पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि विना निष्कर्ष सकिएको हो । बैठक विना निष्कर्ष सकिए पनि सिट बाँडफाँटको नजिक पुगिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘न्यायोजित ढंगले सिट बाँडफाँट गर्नुपर्छ भन्ने छ । त्यसैले यो विषयलाई अन्तिम चरणमा पुर्याएका छौं । आज भने छलफलको निष्कर्ष निस्किएन । अब दुई दिन आ–आफ्नो दलभित्र गृहकार्य गर्ने र तेश्रो दिन फाइनल गर्ने तयारी छ । अब बस्ने बैठकबाट न्यायोचित ढंगले सिट बाँटफाँटको विषय टुङ्ग्याउँछौ ।’ प्रवक्ता कार्कीले बैठकले सिट बाँडफाँटको विषय करिब करिब निष्कर्षमा पुर्याइएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय