शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा सवारी दुर्घटना, चालकको मृत्यु

बिहीबार, १६ भदौ २०७९, २२ : ४३
बिहीबार, १६ भदौ २०७९

पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको आज निधन भएको छ । निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए ।  रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो ।

दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्याए पनि निजको अवस्था थप जटिल बन्दै गएपछि  त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

गत साउन २५ गते बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौँको  सिधा सम्पर्क विच्छेद भएपश्चात् वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा उक्त घटना भएको हो ।

वैकल्पिक मार्गमा हल्का सवारीसाधनबाहेक अन्य सवारीसाधन गुडाउन अनुमति नदिएको अवस्थामा डिब्बा चालकले प्रहरीलाई छलेर साँघुरो सडक प्रयोग गर्दा दुर्घटना भएको प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप