सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न कांग्रेसका ६ जना आकांक्षी
आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्न लागि ६ जनाले आकांक्षा व्यक्त गरेका छन् । आगामी निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बन्न काँग्रेस सिन्धुपाल्चोक–२ क्षेत्रीय समितिले आवेदन माग गर्दा ६ जनाले निवेदन पेश गरेका हुन् । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ चुनाव लड्न पूर्व मन्त्रीदेखि काँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिवसम्म रहेका छन् ।
सो क्षेत्रबाट चुनाव लड्न पूर्व मन्त्रीसमेत रहेका बिष्णुविक्रम थापा महासमिति सदस्य एवम् महाधव्शन प्रतिनिधि राजु गोर्खाली र इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ, पूर्व उपसभापति शिव सुनार, पूर्वसचिव बिलबहादुर तामाङ र नेता अनुप न्यौपानेले आवेदन दिएका छन् । आवेदन दिएकाहरुको नाम काँग्रेस सिन्धुपाल्चोक–२ क्षेत्रीय समितिले जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरिसकेको छ । त्यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ काँग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामा, नेतृ सानुमाया हिमालय र जिमी लामाको नाम सिफारिस गर्ने भएको छ ।
यता सिन्धुपाल्चोक–२ को प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । सिन्धुपाल्चोक–२ (क) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न ७ जना र सिन्धुपाल्चोक–२ (ख) बाट चुनाव लड्न ६ जनाको नाम सिफारिस गरिएको हो । प्रदेशसभातर्फ प्रत्यक्षका लागि सिन्धुपाल्चोक–२ (क) बाट टंक कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चा डेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भुपेन्द्र थापा र उद्धव बानियाँको नाम सिफारिसमा परेको छ ।
प्रदेशसभातर्फ सिन्धुपाल्चोक–२ (ख) को लागि प्रत्यक्षबाट कृष्णकुमार तामाङ (समीर), पासाङ दोङ, विष्णु खड़का, मधुसूदन सिग्देल, सागर श्रेष्ठ र निमा लामाको नाम सिफारिस गरिएको छ । यता प्रदेशसभा तर्फकै सिन्धुपाल्चोक–२ (क)बाट समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ । जसम केशव श्रेष्ठ, भरत खड़का, रिता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दंगाल र कमलरत्न दनुवारको नाम समावेश गरिएको छ ।
उता सिन्धुपाल्चोक–२ (ख) बाट प्रदेशसभामा समानुपातिक तर्फका लागि १६ जनाको नाम सिफारिस गरिएको छ । जसमा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नाराणय गिरीको नाम समावेश गरिएको छ ।