सुदूरपश्चिम प्रदेशसभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित
बिहीबार, १६ भदौ २०७९, २१ : २३
सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
यसअघि उक्त विधेयकमाथि भएको छलफलमा बलबहादुर सोडारी, देवकी मल्ल र महेशदत्त जोशीले भाग लिएका थिए । विधेयक पारित भएसँगै प्रदेशमा शान्ति सुव्यवस्था तथा अमनचैन कायम गरी नागरिक सुरक्षा, मानवअधिकार संरक्षण, अपराध अनुसन्धान रोकथाम नियन्त्रणलगायतका कामलाई प्रभावकारीरूपले सञ्चालन गर्न सहज हुने भएको छ ।
बैठकमा अर्थ विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न
-
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
-
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
-
प्रहरीद्वारा शोभा पाठक पक्राउ
-
दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : मन्त्री खड्का