शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चोरी भएका २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

बिहीबार, १६ भदौ २०७९, २१ : ०९
बिहीबार, १६ भदौ २०७९

विभिन्न मितिमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज दिउँसो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका हुन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा श्रावण र भदौ महिनाको मध्य सम्म १०१ ओटा सवारी साधन फेला परेका छन् । 

फेला परेका मध्ये श्रावण महिनामा ७३ ओटा र भदौ महिनाको मध्य सम्म १० ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ भने आज पनि २१ ओटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यसै आर्थिक वर्षको भदौ १६ गते सम्म १०४ ओटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ । यसै आर्थिक वर्षमा चोरीका ८ ओटा दुई पाङग्रे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारबाहीको लागी परिसर तथा वृत्तमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप