मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवल-पाल्पा सडक खण्डमा सवारी आवागमन बन्द

बिहीबार, १६ भदौ २०७९, २१ : ०३
बिहीबार, १६ भदौ २०७९

बुटवल-पाल्पा सडक खण्डमा मोटरबाटो भासिँदा सवारी आवागमन बन्द भएको । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला क्षेत्रमा सडक भासिएको हो ।

दुई दिनसम्म परेको अविरल वर्षाको कारण करिब ४० मिटर सडक भासिएको हो । बिहीबार दिउँसो ३ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । भासिएको सडक क्षेत्रमा अहिले केही सानो बाटो बनाई हलुका सवारीसाधन जिप, कार, मोटरसाइकललाई आवतजावत गराइएको भए पनि ठूला सवारी रोकिएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदीपमणि निरौलाले जानकारी दिए ।

पानी नपरेमा शुक्रबार दिउँसोसम्म अवरुद्ध सडक सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले जनकारी बताए । सडक पूर्णरूपमा सञ्चालन नहुँदासम्म  तानसेन बुटवल सडकमा यात्रा नगर्न सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप