बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।
रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो ।
ट्रस्टले प्रतिवर्ष प्रदान गरिने रु ५१ हजार राशिको बिपी सेनानी सम्मान पुरस्कार यस वर्ष प्रजातन्त्र स्थापनाको सङ्र्घषमा महत्वपूर्ण योगदान दिने ९१ वर्षीया शान्ति कार्की (वीरगञ्ज) लाई दिने निर्णय गरेको छ । कोइरालाको १०९औँ बिपी जयन्ती, भदौ २४ गते ती सम्मान प्रदान गरिने ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला