आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभा अन्त्यका लागि सिफारिस

बिहीबार, १६ भदौ २०७९, २० : ४६
बिहीबार, १६ भदौ २०७९

सुदूरपश्चिम प्रदेशसभाको दसौँ अधिवेशन शुक्रबारदेखि अन्त्य गर्न सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्काे बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित भएको भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गराई प्रदेश सभाको बैठक अन्त्य गरिने तयारी गरिएको छ ।

बिहीबार बिहान ८ बजे बैठक बस्ने गरी बैठक अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहराले जानकारी दिए । बैठकको अन्त्य अघि प्रदेश सभा सचिवालय प्राङ्गणमा विशेष समारोहको आयोजना हुन लागेको छ । 

सचिवालयले शुक्रवार पहिलो पाँच वर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम गरिने छ । सभा सञ्चालन भएको पाँच वर्षमा बिहीबारसम्म ५९ विधेयक प्रदेश सभाबाट पारित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप