शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल सिफारिस

बिहीबार, १६ भदौ २०७९, २० : १६
बिहीबार, १६ भदौ २०७९

नेपाली कांग्रेसबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । बिहीबार कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रको बसेको बैठकले जिल्लाका उनलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो ।  

शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । शाहीले ०७४ को निर्वाचनमा ४ हजार ५१९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले ३ हजार ९९५ मत प्राप्त गरेका थिए । हाल गृह जिल्लामै रहेका शाहीले दुबै क्षेत्रमा उपयुक्त उम्मेदवार रहेको भन्दै एकल उम्मेदवारी दिएको बताइए । 

गृह जिल्लामा बलियो उम्मेदवारका रूपमा रहेका शाहीले कर्णाली प्रदेशमा पुनः मुख्यमन्त्री पाउने सम्भावना रहेमा प्रदेश र मुख्यमन्त्री नपाने अवस्थामा संघमा जाने बताइएको छ । यस्तै प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा, मंगल शाहीको नाम सिफारिस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप