भारतमा आत्महत्या गर्ने चार जनामध्ये एक जना दैनिक ज्यालादारी मजदुर
सन् २०२१ मा भारतमा १,६४,०३३ जनाले आत्महत्या गरेको र त्यसमध्ये २५.६ प्रतिशत दैनिक ज्याला गर्ने मजदुर रहेको तथ्याकंले देखाएको छ । नेसनल क्राईम रेकर्ड ब्युरो(एनसीआरबी)को पछिल्लो रिपोर्टका अनुसार सन् २०२१ मा कुल ४२,००४ दैनिक ज्याला गर्ने श्रमिकले आत्महत्या गरे ।
तिनमा महिलाको सङ्ख्या ४२४६ रहेको तथ्याकंले बताएको छ । त्यस्तै स्वरोजगार वर्गका मानिसहरूमा पनि आत्महत्याको सङ्ख्या उच्च रहेको पाइएको छ । एनसीआरबीको रिपोर्टमा यो वर्गमा कुल २०,२३१ मानिसले आत्महत्या गरेको देखिएको छ, जुन कुल आत्महत्यामध्ये १२.३ प्रतिशत हो ।
ध्यान दिनुपर्ने तथ्य के हो भने एनसीआरबीको रिपोर्टमा कृषि श्रमिकलाई दैनिक श्रमिकबाट अलग गन्ती गरिएको छ । सन् २०२१ मा कृषि क्षेत्रमा संलग्न भारतीयमध्ये १०,८८१ ले आत्महत्या गरे, जसमा ५,३१८ किसान थिए भने ५,५६३ कृषि श्रमिक । एनसीआरबीको रिपोर्टका अनुसार सन् २०२१ मा व्यावसायिक जागिरेमध्येबाट आत्महत्या गर्नेको सङ्ख्या १५,८७० रहेको छ ।
रिपोर्ट अनुसार बेरोजगार तथा विद्यार्थीहरूमाझ क्रमशः १३७१४ र १३०८९ विद्यार्थी सामेल छन् । आत्महत्या गर्नेमा गृहिणीको सङ्ख्या पनि उच्च छ । अघिल्लो वर्ष भारतका २३,१७९ गृहिणीले आत्महत्या गरेको पाइएको छ । एनसीआरबीले पछिल्लो पाँच वर्षदेखि भारतमा आत्महत्या गर्नेको तथ्याकं प्रकाशित गर्दै आएको छ । र प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिएको छ ।
सन् २०१७ मा १,२९,८८७ ले आत्महत्या गरेको मापन गरिएकोमा सन् त्यसपछिका दुई वर्षमा आत्महत्या गर्ने सङ्ख्या क्रमशः १,३४,५१६ , सन् २०१९ मा १,३९,१२३ भयो । यो संख्यामा निरन्तर वृद्धि हुँदै सन् २०२० मा १,५३,०५२ र सन् २०२१ मा १,६४,०३३ पुगेको रिपोर्टले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू