आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा नेकपा एकीकृत समाजवादीको दाबी

बिहीबार, १६ भदौ २०७९, १९ : ५२
बिहीबार, १६ भदौ २०७९

नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि गठबन्धनमा दाबी गरेको छ । सो पार्टीको रुपन्देही जिल्ला कमिटीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गर्ने निर्णय गरेको हो ।

केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ ।

यसअघि सो पार्टीले रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिस गरिसकेको छ । रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिएको छ ।

केन्द्रीय सदस्य गुरुङले आफूहरुले स्वाभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेदवार हुने बताए । उनले आफूहरुले मात्रै बुटवलवासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिनसमेत कार्यकर्तालाई आग्रह गरे ।

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनावमा परिवर्तनकारी शक्ति र संविधान मास्नेबीच प्रतिस्पर्धा हुने बताए । बैठकले निर्वाचन क्षेत्र अनुसार चुनावी रणनीति र जनताको बीचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय गरेको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप