शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस

बिहीबार, १६ भदौ २०७९, १९ : ०२
बिहीबार, १६ भदौ २०७९

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । 

नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् । 

यस्तै डडेल्धुरा ‘क’ बाट कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ बाट सुदूरपश्चिम सरकारका समाजिक विकासमन्त्री  गोविन्दराज बोहरा सिफारिस भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप