सम्पत्ति शुद्धीकरणको एक्सन : इच्छाराज तामाङसहित ६ जनाविरुद्ध मुद्दा दायर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।
विशेष अदालका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालित अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती विना श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दायर भएको हो ।
विभागले बिहीबार गराएको सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको निष्कर्ष निकालिएको छ । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानमा फेला परेको छ ।
विभागले दिएको जानकारी अनुसार तामाङका छोरीहरु प्रतिक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ती शुद्धीकरण गरेको भेटिएको छ । यस्तै, सहकारीका तत्कालिन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । सबैसँग गरी ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
विभागका अनुसार तामाङले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए । आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी स्थापना गर्ने र तिनै कम्पनी मार्फत कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो र परिवारको बनाउने गरिएको छ । तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
-
रुस–युक्रेन युद्धविरामका लागि मंगलबार कुरा गर्दैछन् पुटिन–ट्रम्प
-
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
-
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य प्राज्ञिक केन्द्र बनाउन सुझाव
-
लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना
-
हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित