सम्पत्ति शुद्धीकरणको एक्सन : इच्छाराज तामाङसहित ६ जनाविरुद्ध मुद्दा दायर
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।
विशेष अदालका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालित अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती विना श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दायर भएको हो ।
विभागले बिहीबार गराएको सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको निष्कर्ष निकालिएको छ । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानमा फेला परेको छ ।
विभागले दिएको जानकारी अनुसार तामाङका छोरीहरु प्रतिक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ती शुद्धीकरण गरेको भेटिएको छ । यस्तै, सहकारीका तत्कालिन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । सबैसँग गरी ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
विभागका अनुसार तामाङले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए । आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी स्थापना गर्ने र तिनै कम्पनी मार्फत कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो र परिवारको बनाउने गरिएको छ । तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण