शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा १५ महिला चिकित्सकलाई सम्मान

बिहीबार, १६ भदौ २०७९, १८ : ३२
बिहीबार, १६ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गरेकी छन् । बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् । 
 नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।  संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो । 
वुमन इन मेडिसिन अवार्ड पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह छन् ।  त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरु विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरु छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप