बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पतंजली क्रेडिट कार्ड : विभिन्न छुट

बिहीबार, १६ भदौ २०७९, १८ : २७
बिहीबार, १६ भदौ २०७९

एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को–ब्राण्डेट क्रेडिट कार्डको सुरुवात गरेका छन् । भारतमा भएको एक कार्यक्रमकाबीच स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् । 

यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । यस्तै सुरुवाती ३ महिनाको लागि जारी शुल्कमा ५०५ छुट हुनेछ । 

सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे । साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप