शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

स्व.प्रदीप गिरिलाई देउवाले यसरी सम्झिए

बिहीबार, १६ भदौ २०७९, १८ : ०६
बिहीबार, १६ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गरेका छन् ।  बिहीवार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताएका हुन् ।  प्रधानमन्त्री देउवाले स्व.गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए ।

उनले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पु¥याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताए । उनले स्व.गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताए । उनले स्व.गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पुर्याउने बताए । 

उनले भने, ‘उहाँलाई मैले भन्ने गरेको छु, उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे भने हुन्छ । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । उहाँ विद्वान मानिस हो । नेपालमा त्यस्तो विद्वान मानिस धेरै कम छन् । उहाँको निधनले हामीलाई अपूरणिय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ । उहाँले लेखेका लेखहरु पढ्ने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ । उहाँले छोडेर गएका चिन्तनहरु हाम्रो पार्टीले अघि बढाउनुपर्छ । उहाँले लेखेको पुस्तकहरु हाम्रो पार्टीले देशभर पठाउनेछ । उहाँले लेखेका कुराहरुलाई हामीले अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री देउवाले स्व.गिरीले लेखेका पुस्तकहरुलाई पार्टीले देशभरमा पुर्याएर उनका चिन्तनहरु अघि बढाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप