चुनावमा १० हजार लौरो किन्दै प्रहरी
बिहीबार, १६ भदौ २०७९, २२ : ४०

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किन्न अर्थ मन्त्रालयले सहमति दिएको छ । १० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख बजेट स्वीकृत गरेको हो ।
मन्त्रालयले १० हजार लौरो र बिन्दुली खरिद गर्न बजेट स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । प्रहरी कर्मचारीले कम्मरमा बाँधेर गोली बोक्ने बिन्दुलीमा ५० राउण्ड गोली अट्छ । प्रहरीले नयाँ खरिद गर्ने लाठी म्यादी प्रहरीले बोक्न पाउँदैनन् । १ लाख १५ हजार म्यादी प्रहरीले आफ्ना लागि आवश्यक लाठी आफैंले व्यवस्था गर्नुपर्ने गरी प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म