धनकुटाबाट सुनिल थापा सर्वसम्मत सिफारिस
बिहीबार, १६ भदौ २०७९, १७ : १०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहेका थापालाई कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।
तत्कालीन राप्रपाका नेता थापालाई २०७४ निर्वाचनमा समेत नेपाली कांग्रेसले सहयोग गरेको थियो । तर सो निर्वाचनमा थापा एमाले नेता राजेन्द्र राईसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा तत्कालीन राप्रपाको तर्फबाट धनकुटा २ बाट निर्वाचित भएका थिए ।
उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा वाणिज्य तथा आपूर्ति र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए । राप्रपाको राजनीति त्यागेर उनी २०७७ सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा