कोका–कोला जिरो सुगर ग्लास बोतलमा
कोका–कोला नेपालले कोका–कोला जिरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु बातावरण–मैत्री हुनुका साथै ग्लास प्याकेजिङले कोका–कोलालाईलामो समयसम्म रिफ्रेश बनाउन सक्छ । कोका–कोला जिरा सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मि.लि.को ग्लास बोतलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “हामी हाम्रा उपभोक्ताहरुको लागि हरेक परिस्थितीहरुमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका–कोला जिरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरु माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ। जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।”
कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जिरो सुगर लन्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश
-
ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी
-
वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान