बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हकसम्बन्धी विषय समावेश गरिने

बिहीबार, १६ भदौ २०७९, १६ : ३४
बिहीबार, १६ भदौ २०७९

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धित विषय समावेश गराउने भएको छ । राष्ट्रिय सूचना आयोगसँग बिहीबार भएको छलफलपछि केन्द्र माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषय समावेश गर्न तयार भएको हो । 

केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याल लगायतका पदाधिकारीहरू र आयोगका पदाधिकारीबीच छलफल भएको थियो । छलफलको क्रममा ३ वटा निर्णय गरिएको आयोगले जनाएको छ । जसमा सूचनाको हकसम्बन्धी शिक्षक–स्रोत सामाग्रीलाई अद्यावधिक गर्ने र शिक्षकलाई उपलब्ध गराउन व्यवस्था मिलाउने, कक्षा ८ को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको पाठ्यपुस्तकमा कम्तिमा पनि एउटा पाठमा सूचनाको हकसँग सम्बन्धित विषय समावेश गर्ने र शिक्षकलाई प्रदान गरिने तालिम कार्यक्रममा सूचनाको हकसम्बन्धी विषय समावेश गरी तालिम प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको आयोगका प्रवक्ता कमला थापा ओलीले जानकारी दिइन् । 

नेपालको संविधान र सूचनाको हकसम्बन्धी कानूनले प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक प्रदान गरेको छ । सूचनाको हकलाई नागरिक तहसम्म पु¥याउने माध्यमका रूपमा माध्यमिक तहको शिक्षा र विद्यार्थीलाईं लिन सकिने भएकाले आयोगले पाठ्यक्रममा नै समावेश गराउन अनुरोध गरेको थियो । 

हाल कक्षा १२ को सामाजिक विषयमा र अन्य कक्षामा समेत सुशासन विषयभित्र सूचनाको हकलाई समावेश गरिएको केन्द्रले जनाएको छ । सूचनाको हक सम्बन्धी विषयलाई माध्यमिक शिक्षाको पाठ्यक्रममा समावेश गर्दा प्रत्येक वर्ष ५ लाख भन्दा बढी विद्यार्थीहरूसम्म पुर्‍याउन सकिने अवसर रहेको प्रवक्ता ओली थापाले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप