शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी पुरा

बिहीबार, १६ भदौ २०७९, १६ : ३२
बिहीबार, १६ भदौ २०७९

८औं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को तयारी पुरा भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी पुरा भएको जनाउँदै नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको सहभागिता हुने जानकारी दिएको हो ।

एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले एक्स्पोको आन्तरिक तयारी पुरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको हो । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

“किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ,” अध्यक्ष जोशीले भने । भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् ।

संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क गरिएको उनले बताए । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ । प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला “फर्नेक्स नेपाल” को आयोजना गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप