रुसको तेल जायन्ट ‘लुकओयल’ का अध्यक्षको अस्पताल भवनबाट लडेर मृत्यु
बिहीबार, १६ भदौ २०७९, १६ : २४
रुसको सबैभन्दा ठूलो तेल कम्पनी ‘लुकओयल’ का अध्यक्षको अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीकाअनुसार अस्पतालको झ्यालबाट खसेर ६७ वर्षीय अध्यक्ष राभिल मगानोभको मृत्यु भएको हो ।
अस्पतालको झ्यालबाट खसेपछि ‘सेन्ट्रल क्लिनिकल हस्पिटल’ मा उपचारको क्रममा उनको मृत्यू भएको रसियन मिडियालाई उदृत गर्दै बीबीसीले लेखेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमा सैन्य हमला सुरू गरेपछि तेल बिक्रीमा असर परेको भन्दै उनले युद्ध रोक्न सरकारसमक्ष अनुरोध गरेका थिए ।
यही वर्षको मार्च महिनामा उक्त तेल कम्पनीको बोर्ड बैठकमा जतिसक्दो छिटो युद्ध रोक्नुपर्ने बताइएको थियो । उनको रहस्यमय ढंगले मृत्यु भएको आशंका गरिएको छ । यसअघि सोही कम्पनीका सिनियर म्यानेजरको समेत रहस्यमयी ढंगले मृत्यू भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने