लौरो अभियानको आह्वान : एकपटक मौका दिनुुस्, स्वतन्त्रलाई जिताउनुस्
![लौरो अभियानको आह्वान : एकपटक मौका दिनुुस्, स्वतन्त्रलाई जिताउनुस्](https://rpcdn.ratopati.com/media/albums/suman-sayami_fT83iQlCVi.jpg)
सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन आह्वान गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।
उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरीबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि केही प्रतिनिधिहरुको मात्रै उम्मेदवारी घोषणा गरिएको जानकारी दिइएको थियो ।
अभियानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मधुसुदन पाठक ‘सिते वा’ काठमाडौ ५, विद्या श्रेष्ठ काठमाडौ ९, रोहन कार्की काठमाडौ २, राजाराम तण्डुकार ललितपुर ३, भिष्म राना रुपन्देही ५ र दहे स्तम्भ ‘लोकेन्द्र’ भक्तपुर २ बाट उम्मेदवार बनेको घोषणा गरिएको छ ।
त्यस्तै प्रदेशसभातर्फ गजेन्द्रकुमार भगत उदयपुर १, विनोद वजगाई काठमाडौ २ को ‘क’ अनिलकुमार पाण्डे महोत्तरी २ ‘ख’, बाट उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवारहरुलाई कार्यक्रममा चुनाव चिन्ह लौरो र राष्ट्रिय झण्डा प्रदान गरिएको छ । सो क्रममा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारी घोषणा गरेका राजाराम तण्डुकारले भ्रष्टाचार नियन्त्रण र दलीय वेथितिबाट मुक्त गर्न अभियान चलाउनुपरेको बताए ।
उनले नागरिकले राज्यबाट पाउने सामान्य सेवा समेत पाउन नसकेकाले ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ आवश्यक परेको बताए ।
त्यस्तै भिष्मकुमार रानाले स्वतन्त्र उम्मेदवारहरुलाई एकपट मौका दिन आग्रह गरे । ‘मंसिरको निर्वाचनमा एकपटक मौका दिनुस् स्वतन्त्रलाई जिताउनुस्’, उनको आग्रह छ । त्यस्तै दहे स्तम्भ ‘लोकेन्द्र’ ले आफुहरु निर्वाचित भएर गलत काम गरे आत्मदाह गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा