सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लौरो अभियानको आह्वान : एक पटक मौका दिनुस्, स्वतन्त्रलाई जिताउनुस्

बिहीबार, १६ भदौ २०७९, १५ : ५७
बिहीबार, १६ भदौ २०७९

सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन आह्वान गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै वैकल्पिक र स्वतन्त्रहरू एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरिबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि केही प्रतिनिधिहरूको मात्रै उम्मेदवारी घोषणा गरिएको जानकारी दिइएको थियो । अभियानले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मधुसूदन पाठक ‘सिते वा’ काठमाडौं ५, विद्या श्रेष्ठ काठमाडौं ९, रोहन कार्की काठमाडौं २, राजाराम तण्डुकार ललितपुर ३, भिष्म राना रुपन्देही ५ र दहे स्तम्भ ‘लोकेन्द्र’ भक्तपुर २ बाट उम्मेदवार बनेको घोषणा गरिएको छ । 

त्यस्तै प्रदेशसभा तर्फ गजेन्द्रकुमार भगत उदयपुर १, विनोद बजगाईँ काठमाडौं २ को ‘क’ अनिलकुमार पाण्डेले महोत्तरी २ ‘ख’, बाट उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवारहरूलाई कार्यक्रममा चुनाव चिन्ह्र लौरो र राष्ट्रिय झण्डा प्रदान गरिएको छ । सो क्रममा ललितपुर निर्वाचन क्षेत्र नंम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी घोषणा गरेका राजाराम तण्डुकारले भ्रष्टाचार नियन्त्रण र दलीय वेथितिबाट मुक्त गर्न अभियान चलाउनु परेको बताए । उनले नागरिकले राज्यबाट पाउने सामान्य सेवा समेत पाउन नसकेकाले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ आवश्यक परेको बताए । 

त्यस्तै भिष्मकुमार रानाले स्वतन्त्र उम्मेदवारहरूलाई एकपट मौका दिन आग्रह गरे । ‘मंसिरको निर्वाचनमा एक पटक मौका दिनुस् स्वतन्त्रलाई जिताउनुस्’, उनको आग्रह छ । त्यस्तै दहे स्तम्भ ‘लोकेन्द्र’ले आफूहरू निर्वाचित भएर गलत काम गरे आत्मदाह गर्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप