लौरो अभियानको आह्वान : एक पटक मौका दिनुस्, स्वतन्त्रलाई जिताउनुस्
सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन आह्वान गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै वैकल्पिक र स्वतन्त्रहरू एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।
उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरिबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि केही प्रतिनिधिहरूको मात्रै उम्मेदवारी घोषणा गरिएको जानकारी दिइएको थियो । अभियानले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मधुसूदन पाठक ‘सिते वा’ काठमाडौं ५, विद्या श्रेष्ठ काठमाडौं ९, रोहन कार्की काठमाडौं २, राजाराम तण्डुकार ललितपुर ३, भिष्म राना रुपन्देही ५ र दहे स्तम्भ ‘लोकेन्द्र’ भक्तपुर २ बाट उम्मेदवार बनेको घोषणा गरिएको छ ।
त्यस्तै प्रदेशसभा तर्फ गजेन्द्रकुमार भगत उदयपुर १, विनोद बजगाईँ काठमाडौं २ को ‘क’ अनिलकुमार पाण्डेले महोत्तरी २ ‘ख’, बाट उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवारहरूलाई कार्यक्रममा चुनाव चिन्ह्र लौरो र राष्ट्रिय झण्डा प्रदान गरिएको छ । सो क्रममा ललितपुर निर्वाचन क्षेत्र नंम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी घोषणा गरेका राजाराम तण्डुकारले भ्रष्टाचार नियन्त्रण र दलीय वेथितिबाट मुक्त गर्न अभियान चलाउनु परेको बताए । उनले नागरिकले राज्यबाट पाउने सामान्य सेवा समेत पाउन नसकेकाले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ आवश्यक परेको बताए ।
त्यस्तै भिष्मकुमार रानाले स्वतन्त्र उम्मेदवारहरूलाई एकपट मौका दिन आग्रह गरे । ‘मंसिरको निर्वाचनमा एक पटक मौका दिनुस् स्वतन्त्रलाई जिताउनुस्’, उनको आग्रह छ । त्यस्तै दहे स्तम्भ ‘लोकेन्द्र’ले आफूहरू निर्वाचित भएर गलत काम गरे आत्मदाह गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर र दीक्षान्तलाई १२औँ स्पिड पावर तेक्वान्दोमा स्वर्ण
-
यूकेमा सरिनालाई स्वर्ण
-
सहारा क्लबले उत्पादन गरेका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
-
माओवादीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान
-
सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश
-
‘दुई दलीय व्यवस्थाको कुरा गर्नेहरू दुष्ट मतिका हुन्’