बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आईपीओको तयारीमा दोल्ती पावर

बिहीबार, १६ भदौ २०७९, १५ : ४७
बिहीबार, १६ भदौ २०७९

दोल्ती पावर कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री खुलाउने तयारी गरेको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।

स्थानीय र सर्वसाधारणका लागि कूल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृती माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाउन अनुमति मागेको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआईसी एसिया क्यापिटल रहेको छ । बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएलगत्तै पावरले बिक्री खुलाउने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप