दाङ–१ बाट कांग्रेस नेता योगेन्द्र चौधरीसहित ४ जनाको नाम सिफारिस
बिहीबार, १६ भदौ २०७९, १५ : ४२
आगामी प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी सिफारिस भएका छन् । बिहीबार बसेको कांग्रेस दाङ १ को प्रदेश कार्यसमिति बैठकले चौधरीसहित ४ जनाको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
नेता चौधरीसहित, कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्कालाई सिफारिस गरेको छ । शुक्रबारबारे बस्ने क्षेत्रीय कार्यसमितिले आफ्नो नाम रायसहित सिफारिस गर्ने नेता चौधरीले बताए । ०७४ मा तत्कालीन एमालेबाट शहरी विकासमन्त्री मेटमणि चौधरी दाङ–१ बाट विजयी भएका थिए ।
नेकपा एकीकृत समाजवादी नेता मेटमणि चौधरीले गठबन्धनको साझा उम्मेदवार आफू भएको दाबी गरेपनि कांग्रेसबाट योगेन्द्रको सशक्त दाबी छ । जनाधार कमजोर भएको एकीकृत समाजवादीलाई छोडिए कार्यकर्ता तहबाट विद्रोह हुने योगेन्द्रले चेतावनी दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला