बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

बिहीबार, १६ भदौ २०७९, १५ : ०८
बिहीबार, १६ भदौ २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको  कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।

आज सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । “झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्यो, सबैले उहाँलाई समर्थन जनाउनुभयो”, उनले भने ।

मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट   कांग्रेसका उम्मेदवार भएका थिए । यसैगरी  कांग्रेसले झापा–१ को ‘प्रदेश ९क०का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । ‘प्रदेश ९ख०का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि  उम्मेदवार सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप