शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन

बिहीबार, १६ भदौ २०७९, १४ : ५६
बिहीबार, १६ भदौ २०७९

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ ।  

मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । प्रवक्ता सिलवालले भने– ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले आफ्नो जिम्मेवारी लिइसकेको छ ।’

सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट एउटा कम्पनीभन्दा धेरै सैनिक परिचालन गरिएको छ । मतपत्र छपाइस्थल सुरक्षामा ७ नम्बर बाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ । निर्वाचन अवधिमा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाको तयारी पनि सेनाले गरिरहेको छ । त्यस्तै निर्वाचनमा आवश्यक सवारी साधन र बजेटबारे छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप