प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिँदै भट्टराई
![प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिँदै भट्टराई](https://rpcdn.ratopati.com/media/albums/khimlal_ShFhjzCVeW.jpg)
नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिने भएका छन् । मंसिरमा हुने आम निर्वाचनमा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वार बन्न भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ ।
रुपन्देहीका स्थायी वासिन्दा भट्टराई निर्वाचन मिति घोषणा भएलगत्तैबाट जिल्लामा सक्रिय बन्दै आएको जिल्लाका एमाले नेता कार्यकर्ता बताउछन् । स्थानीय तह निर्वाचनबाटै जिल्लामा सक्रियता बढाएका भट्टराईले मंसिरको निर्वाचन मिति घोषणा भएपछि थप सक्रियता बढाएका हुन् ।
‘चुनावी मिति घोषणा भएपछि उहाँको सक्रियता थप बढेको छ । प्रायःजसो रुपन्देहीको ५ नम्बर निर्वाचन क्षेत्रमा भएका कार्यक्रम उहाँले छुटाउनुभएको छैन’, नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले भने, ‘यसले चुनाव लड्ने मनस्थिति बनाउनुभएको छ भन्ने बुझिएको छ ।’ रुपन्देही को ५ नम्बर निर्वाचन क्षेत्र लुम्बिनी र आसपासको क्षेत्र पर्छ । भट्टराईले पछिल्लो समय सो क्षेत्रको विकास निर्माण लगायतमा समेत चासो देखाउने गरेका छन् ।
नेकपा एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका र हाल राष्ट्रिय सभा सदस्य भएकाहरुलाई उम्मेदवार बन्न रोक लगाउने निर्णय गरेको थियो । यस्तो अवस्थामा भट्टराई कसरी उम्मेदवार बन्लान् ? भन्ने प्रश्न समेत उठेको छ । तर अध्यक्ष ओली निकट एक नेताका अनुसार उम्मेदवार बन्ने मापदण्ड र आधारबारे छलफल हुँदा ‘विशेष अपवादबाहेक’ भनिएकाले अध्यक्ष ओलीले चाहे भट्टराई उम्मेदवार बन्न सक्छन् ।
‘समग्र रुपमा हाल राष्ट्रियसभा सदस्य रहेको र स्थानीय निर्वाचनमा उम्मेदवार बनेको व्यक्ति संघीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने भन्ने केन्द्रीय कमिटीको मापदण्ड हो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालको भनाइ छ ।
२०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर संयुक्त उम्मेदवार उठाउदा समेत रुपन्देही ५ बाट काँग्रेसका भरत शाहा निर्वाचित भएका थिए । मंसिरको निर्वाचनमा पनि उनै शाहलाई गठबन्धनले उम्मेदवार बनाउने निश्चित छ । बिहीबार कांग्रेस रुपन्देहीले एकल रुपमा शाहालाई उम्मेदवार सिफारिस गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ