शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिपमा उपाधिको खडेरी तोड्छौँ : प्रशिक्षक थापा

बिहीबार, १६ भदौ २०७९, १४ : ३१
बिहीबार, १६ भदौ २०७९

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् । 

नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका  थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए । सात साताको प्रशिक्षणको क्रममा विविध बाधाहरु भएपनि टोलीलाई मजबुत बनाउने प्रयास गरेको बताए ।  प्रशिक्षक थापाले कम भन्दा कम गल्तीहरु गर्नेमा आपूm केन्द्रित भएको र गोल गर्ने रणनीतिका साथ टोलीलाई मैदान उतार्ने बताए ।  पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताए । 

साफले सार्वजनिक गरिसकेको समूह अन्तर्गत साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् भने आयोजक नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका र भुटान अटाएका छन् । यस संस्करण पाकिस्तान पनि समावेश भएको छ । अघिल्लो संस्करणमा  प्रतिवन्धका कारण सहभागी हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा राखेका छन् । टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा विश्वस्त भएको नेपाली टोलीका महिला खेलाडीहरु बताउँछन् ।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल पटक पटक फाइनल प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । पाँचौ पटक भारतले उपाधि जितेको छ । सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेको थिएन । भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ ।

नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन् । यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।  समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पाँचांै संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप