बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तीन जना मृत अवस्थामा फेला

बिहीबार, १६ भदौ २०७९, १४ : २७
बिहीबार, १६ भदौ २०७९

नवलपरासी (पूर्व) र रोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका–११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

रोल्पाको माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय  रोल्पा, इलाका प्रहरी कार्यालय घर्तिगाउँ र कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरबाट कुकुरसहित प्रहरी टोली खटिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप