शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एनडीटीभी किन्ने अडानी समूहको प्रयासमा नयाँ ट्वीस्ट

बिहीबार, १६ भदौ २०७९, १४ : १६
बिहीबार, १६ भदौ २०७९

अडानी समूहले मिडिया कम्पनी एनडीटीभीको करिब ३० प्रतिशत सेयर किनेको मामिलामा नयाँ ट्वीस्ट आएको छ । नयाँ दिल्ली टेलिभिजन लिमिटेड (एनडीटीभी) ले आफ्ना संस्थापकहरूले कर विभागको अनुमति बिना अडानी समूहलाई कम्पनीको शेयर बेच्न नसक्ने बताएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एनडीटीभीले बुधबार एक एक्सचेन्ज फाइलिङमा कर विभागले एनडीटीभीका संस्थापक प्रणय रोय र राधिका रोयलाई सन् २०१७ मा कर पुनर्मूल्यांकन अन्तर्गत आफ्नो शेयर बेच्न प्रतिबन्ध लगाएको जनाएको छ ।

व्यवसायी गौतम अडानीको नियन्त्रणमा रहेको अडानी समूहले एनडीटीभीको करिब ३० प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको छ । अडानी समूहले बम्बे स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) लाई एनडीटीभीको थप २६ प्रतिशत सेयर किन्नका लागि खुला प्रस्ताव ल्याउने बताएको छ।

यसको मतलब अडानी समूहले एनडीटीभीमा बहुमत स्वामित्व हिस्सेदारी प्राप्त गर्न चाहन्छ । यदि अडानीको खुला प्रस्ताव सफल भयो भने एनडीटीभीमा उसको कुल हिस्सेदारी ५५% नाघ्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप