फक्सवागनले ल्यायो दशैं र तिहार लक्षित अफर
फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दशैं र तिहारको अवसरलाई लक्षित गर्दै “Unbeatable Festive Offe” योजना ल्याएको छ । यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चारपाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले शून्य दशमलव ९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् ।
नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको कम्पनीको भनाइ छ । यो योजनामा उत्कृष्ट जर्मन–इन्जिनियर कारमा ‘इजी फाइनान्सिङ सुविधा’ प्राप्त हुनेछ। साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
यो योजना सेप्टेम्बर १ गतेदेखि देशभर लागू हुनेछ। उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुने जनाइएको छ । पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु