जबराको बयान : समिति र संसद्माथि नै प्रश्न
बिहीबार, १६ भदौ २०७९, १४ : ०५
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समिति र पुर्नस्थापित संसद्माथि नै प्रश्न उठाएका छन् । समितिले जबरासँग दोस्रो दिन बयान लिने क्रममा सोधेको प्रश्नको जवाफ दिने क्रममा घुमाउरो र समिति तथा संसद्माथि नै प्रश्न उठाएका हुन् ।
न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएकोबारे समितिले सोधेको प्रश्नमा जबराले प्रतिप्रश्न गर्दै समिति र संसद्माथि प्रतिप्रश्न गरेका हुन् । ‘ती प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर र धेरै प्रक्रियाबाट जवाफ दिनुभयो । घरीघरी समिति र संसद्लाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो’, समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश