बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चोलेन्द्रशमशेर राणासँगको दोस्रो दिनको बयान सकियो

बिहीबार, १६ भदौ २०७९, १३ : ४८
बिहीबार, १६ भदौ २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।

समितिमा रहेका एमाले सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकाले बिहीबारको बैठक छोटो समय बसेको हो । समितिले जबरालाई २ वटा प्रश्न सोधेको थियो । अर्को बैठक भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । बिहीबार न्यायलयमा भएको भ्रष्टाचार, न्याय सम्पादन गर्न नसकेको लगायतका प्रश्न गरिएको थियो । 

‘भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन गर्न नसकेको र न्याय सम्पादनमा भ्रष्टाचार केन्द्रीत भएर फैसला गरियो भन्ने छ, यसमा तपाईको भनाई के हो ? भनेर गरिएको प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर जानुभयो’, विश्वकर्माले बयानमा गरिएका सवाल जवाफबारे जानकारी दिए ।  त्यसक्रममा जबराले समिति र संसदलाई नै प्रश्न गरेका थिए । जसले गर्दा समय लागेको विश्वकर्माले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप